खाद्यले घटायो धान खरिदको कोटा, बचेको बजेटबाट गहुँ किन्ने
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८२ मा छुट्याइएको कोटा घटाएर करिब १० हजार क्विन्टल बराबर गहुँ खरिद गर्ने भएको छ । चालु वर्षमा कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने जनाएको थियो ।
तर त्यसमध्ये करिब १० हजार क्विन्टल धान खरिद गर्ने कोटा घटाएर करिब १ लाख ८० हजार क्विन्टल मात्रै गहुँ खरिद गर्ने कम्पनीका कार्यकारी प्रमुख रमेश आचार्यले जानकारी दिए । साथै बाँकी १० हजार क्विन्टल गहुँ खरिद गर्ने उनको भनाइ थियो । ‘धान मात्र किनेर नहुने रहेछ । गहुँ पनि खरिद गर्न आवश्यक पर्ने रहेछ करिब १० हजार क्विन्टलजति गहुँ खरिद गर्ने हो,’ उनले भने ।
किसानले धान बिक्री गर्दा मूल्य नपाएको गुनासो आएपछि खाद्यले केही वर्षयता किसानको धान खरिद गरेर चामल बिक्री गर्दै आएको छ ।
कुन धान कतिमा खरिद गरिरहेको छ ?
चालु वर्षमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गरेको जनाएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ र मध्यम धानको ३ हजार ६२८.३३ रूपैयाँ तोकेको थियो ।
सोही अनुसार खाद्यले सोना मन्सुली धान र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८.३३ रुपैयाँमा खरिद गरेको छ । यस्तै मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँमा खरिद गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१०.५१ रुपैयाँ र मध्यम धानको ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिदिएको थियो । तर उक्त मूल्य अनुसार धान बिक्री नभएको गुनासो आइरहेको थियो ।
हालसम्म कति किन्यो धान ?
खाद्यले चालु वर्षको धान खरिद २०८२ मंसिर ४ गतेदेखि सुरु गरेको थियो । हाल खरिद कार्य जारी रहेको जनाएको छ । हालसम्म ४६ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ३५ हजार क्विन्टल बराबर धान खरिद गरेको जनाएको छ ।
_gu1j2gUkz7.jpg)
यसमध्ये विर्तामोडबाट ८ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने स्वीकृत गरेको थियो । तर हालसम्म २ करोड ८८ लाख ३१ हजार रुपैयाँ बराबरको ७ हजार ९४६ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ ।
यस्तै विराटनगरबाट १३ हजार क्विन्टल सोना मन्सुली धान खरिदका लागि स्वीकृत गरिएकोमा १ करोड ३० लाख ३५ हजार रुपैयाँ बराबरको १८६०.७९ क्विन्टल, जनकपुरबाट १३ हजार क्विन्टल खरिदका लागि स्वीकृत भएकोमा हालसम्म २ करोड ३० लाख २८ हजार रुपैयाँको ६ हजार ३४६.६६ क्विन्टल, वीरगञ्जबाट २ करोड ६ लाख ८१ हजार रुपैयाँको ५ हजार ६९९.८५ क्विन्टल, सोना मन्सुली धान खरिद गरेको छ । भैरहवाबाट सवाँ धान ५ हजार क्विन्टल स्वीकृत भएकोमा हालसम्म २४९.३५ क्विन्टल खरिद भएको छ ।
नेपालगञ्जबाट ५ हजार क्विन्टल मोटा धान खरिदका लागि स्वीकृत गरिएकोमा १ करोड ८१ लाख ४० हजार रुपैयाँ बराबरको ४ हजार ९९९.७ क्विन्टल खरिद भएको छ । यस्तै मोटा धान १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएकोमा ५ करोड २७ लाख ७१ हजार रुपैयाँको १५ हजार २३५ क्विन्टल खरिद गरेको छ ।
धनगढी र राजापुरबाट धेरै धान खरिद
धनगढीबाट ३५ हजार क्विन्टल मोटा धान खरिद गर्ने स्वीकृत भएकोमा १३ करोड ४९ लाख ११ हजार रुपैयाँको ३८ हजार ९४८.७३ क्विन्टल धान खरिद गरेको छ ।
राजापुरबाट मोटा २५ हजार र मध्यम ५ हजार क्विन्टल गरी करिब ३० क्विन्टल खरिदका लागि स्वीकृत गरिएकोमा ९ करोड ७२ लाख ७२ हजार रुपैयाँको २८ हजार ८२.४६ क्विन्टल मोटा र ६९ लाख ६८ हजार हजार रुपैयाँको १ हजार ९२०.५३ क्विन्टल मध्यम धान खरिद गरेको छ ।
तुल्सीपुरबाट ५ हजार क्विन्टल मोटा धान खरिदका लागि स्वीकृत भएकोमा १ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार १४३.२० क्विन्टल, महेन्द्रनगरबाट ५ हजार धान खरिद गर्न स्वीकृत भएकोमा २ करोड ३८ लाख १७ हजार रुपैयाँको ६ हजार ८७६ क्विन्टल धान खरिद गरेको छ ।
यसैगरी लहानबाट १२ हजार क्विन्टल सोना मन्सुली धान खरिदका लागि स्वीकृत गरिएकोमा र जनकपुरबाट २ हजार क्विन्टल बासमती खरिदका लागि स्वीकृत भएकोमा अहिलेसम्म खरिद गर्न सकेको छैन ।
यस्तै पोखराबाट ५०० क्विन्टल जेठोबुढो धान र जुम्लाको मार्सी ५००/५०० क्विन्टल र अन्य आवश्यकता अनुसार २१ हजार क्विन्टल धान खरिद गर्न स्वीकृत भएकोमा अहिलेसम्म खरिद हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण