सडक दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । सड्क दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा बिहीबार दीप प्रज्वलन गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारी र एसपी नरेश सुवेदी सहितका प्रहरी अधिकृतहरूले दीप प्रज्वलन गरेर सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूलाई स्मरण गरे । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह मनाइरहेको छ । आज सप्ताहको छैटौँ दिन हो ।
लापरबाहीपूर्वक सवारी चलाउँदा दुर्घटनामा परेर अकालमा मृत्यु हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए । उनले भने, ‘मृत्यु हुनेको परिवारका सदस्यहरू प्रताडनामा बाँचिरहेका छन्, घाइतेहरूको अवस्था उस्तै नाजुक छ ।’
चालकले थोरै मात्र सावधानी अपनाए पनि दुर्घटना न्यूनीकरण गर्न सकिने एसएसपी अधिकारीले बताए । एसएसपी अधिकारी र एसपी सुवेदीले बिहीबार दुर्घटनामा परेर घाइते भएकाहरूलाई अस्पतालमा गएर भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण