थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
सारांश
- थारू समुदायमा माघीको पहिलो दिन घरको योजना बनाउने चलन हराउँदै गएको छ ।
- अहिले परिवार छुट्टिने, विवाह गर्ने र वर्षभरिको योजना बनाउने चलन हराएको छ ।
- रामबहादुर दहितका अनुसार यो चलन संरक्षण गर्न आवश्यक छ।
तुलसीपुर (दाङ), २ माघ : थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो ।
तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले बताए । “हामीले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछौँ, पहिलो दिन माघ १ गते विगत वर्षको समीक्षा गर्ने, वर्षभरि गर्ने कामको समीक्षा गर्ने, सन्तानको विवाह गर्ने, घर निर्माण गर्नुपरेमा कसरी बनाउने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्ने भनेर निर्णय गर्ने चलन थियो”, उनले भने, “तर अहिले त्यो चलन विस्तारै हराउँदै गएको छ ।”
यो थारू समुदायको संस्कारसँग जोडिनुका साथै गणप्रथाका रूपमा रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको पनि उनले बताए । माघ १ गते घरमा निर्णय गरेपछि २ गते महतवाको घरमा जम्मा भएर घरको निर्णय सुनाउने चलन हुन्छ । महतवाको घरमा वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्षका लागि बिहे गर्नुपर्ने चेली भए कसरी गर्ने भन्ने सल्लाह हुने गर्छ । त्यसैगरी, २ गते नै महतवा चुन्ने पनि चलन हुन्छ । त्यसपछि ३ गतेदेखि खानपिन गर्ने, रमाइलो गर्ने चलन हुन्छ ।
यसरी माघ महिनाभर थारू समुदायले माघी पर्वका रूपमा मनाउँछन् । यो पर्व थारू समुदायको नयाँ वर्षका रूपमा रहेको पर्व हो । अहिले थारू समुदायमा नाचगान चलिरहेको छ । पाँच दिन यसरी नाचगान चल्ने गर्छ । माघीमा खासगरी मघौटा नाच नाच्ने चलन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण