हिमालयन च्यालेन्जर्स चेस : अभिक शाहको लगातार पाँचौँ जित
सारांश
- हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा अभिक शाहले लगातार पाँचौँ जित हासिल गरे।
- प्रतियोगितामा सजल न्यायैपाने, आशिर्वाद र लियोन महर्जन समान १२ अङ्कसहित दोस्रो स्थानमा रहेका छन्।
- युवा खेलाडीको स्तरवृद्धिका लागि आयोजित प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको छ।
काठमाडौँ । काठमाडौंको थापाथलीस्थित हिमालयन चेस एकेडेमीमा जारी हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सेन्ट जेभियर्स कलेजका अभिक शाहले आफ्नो अपराजित यात्रा कायम राखेका छन्। बिहीबार सम्पन्न पाँचौँ चरणको खेलमा सात्विकमान तुलाधरलाई पराजित गर्दै १९१८ रेटेड अभिक लगातार पाँचौँ जित निकाल्न सफल भए। प्रतियोगिताको शीर्ष वरीयताका अभिकले १५ अङ्कसहित एकल अग्रता बनाइरहेका छन्।
प्रतियोगिताको पाँचौँ चरण सकिँदा सजल न्यायैपाने, आशिर्वाद र लियोन महर्जन समान १२ अङ्कसहित दोस्रो स्थानमा रहेका छन्। बिहीबारका अन्य खेलहरूमा अरिज राई, निहाना श्रेष्ठ, अभिक रेग्मी, निवा राई, ईश्वर लामा, अरण्य तुलाधर, ओजस्वी श्रेष्ठ र श्रेयांश सापकोटाले आ–आफ्ना प्रतिस्पर्धीलाई हराउँदै जित हासिल गरे। हार्दिक पन्तले अग्रता आचार्यसँग र विमश लोहनीले प्रवीर केसीसँग बराबरी खेल्दै अङ्क बाँडेका छन्।
युवा खेलाडीहरूको स्तरवृद्धिका लागि आयोजित यस क्लासिकल चेस प्रतियोगितामा प्रत्येक जितका लागि ३ अङ्क र बराबरीका लागि १ अङ्क प्रदान गर्ने नियम राखिएको छ। एकेडेमीकी संस्थापक मोनालिशा खम्बुका अनुसार अचेल र्यापिड र ब्लिज खेलहरू लोकप्रिय भए पनि खेलाडीको वास्तविक सीप निखार्न क्लासिकल चेस नै उपयुक्त हुने भएकाले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलहरूको प्राविधिक विश्लेषण गरिरहेका छन्।
स्वीस प्रणाली अन्तर्गत ९ चरणसम्म चल्ने यो प्रतियोगितामा १५ फिडे रेटेड र १५ अनरेटेड गरी कुल ३० जना खेलाडी सहभागी छन्। माघ ४ गतेसम्म चल्ने यस प्रतियोगितामा सहभागीहरू २८ वटा स्कुल र कलेजका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण