२ बजे देउवा समूहको पत्रकार सम्मेलन, थापा समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने
सारांश
- नेपाली कांग्रेसका दुई समूहले शुक्रबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।
- शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन गर्दैछ भने गगन थापा पक्ष निर्वाचन आयोग जाँदैछ।
- गगन थापा पक्ष विशेष महाधिवेशनबाट निर्वाचित भएको र आधिकारिकताको दाबी गर्दैछ।
काठमाडौँ । नेपाली कांग्रेसका दुई समूहले शुक्रबार दिउँसो २ बजे छुट्टाछुट्टै कार्यक्रम राखेका छन् । १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैछ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुन पत्रकारहरूलाई आग्रह गरेका छन् ।
अर्कोतर्फ पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन गर्दै १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई सर्वसम्मत सभापति चुनेको समूह आफूहरूलाई आधिकारिक दाबी गर्न आग्रहका लागि कागजातसहित निर्वाचन आयोगमा जाँदैछ ।
‘आज दिनको २ः ०० बजे नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालगायत सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई चुनाव चिन्ह लगायतको विषयमा छलफलको लागि निर्वाचन आयोग कान्ति पथमा बैठकको लागि बोलाइएको हुँदा सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ,’ विशेष महाधिवेशनको जनपरिचालन समितिका सदस्यसचिव सुसन वैद्यले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
महामन्त्री थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई संस्थापनले मान्यता दिएको छैन । केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको तर्क छ । तर, गगन समूहले भने आफूहरूले विधानअनुसार विशेष महाधिवेशन गरेको भन्दै आफूहरूले आधिकारिकता पाउनु पर्ने दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण