कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार
कास्की । गत भदौ २४ गतेको 'जेनजी प्रदर्शन' का क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये १६० जना अझै सम्पर्क बाहिर रहेका छन्। कारागार प्रशासनका अनुसार फरार हुनेहरूमा ९ महिला र १५१ पुरुष छन्। जसमा ११ भारतीय र २ चिनियाँ गरी १३ जना विदेशी नागरिक समेत रहेको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिए।
आन्दोलनका क्रममा कारागारको बन्दीगृह तोडेर ७७३ जना कैदीबन्दी भागेका थिए। तीमध्ये अधिकांश तोकिएको समयभित्र आफैँ फर्किएका वा प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी बुझाए पनि ठुलो सङ्ख्या अझै फरार रहेको छ। फरार कैदीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा फरार कैदीबन्दी र आन्दोलनका क्रममा लुटिएका हतियारलाई राजनीतिक दलहरूले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएका छन्। अपराधीहरू समाजमै खुल्ला रूपमा रहँदा निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का दलहरूले गरिरहेका छन्।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फरार कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाएर काम भइरहेको बताइन्। "निर्वाचन सुरक्षा योजनाअनुसार भागेका कैदीहरूलाई पक्राउ गर्न विशेष टोली खटिएको छ," उनले भनिन्, "निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।" प्रशासनले फरार रहेकाहरूको पहिचान खुलाएर खोजी कार्यलाई तीव्र बनाएको दाबी गरे पनि ठुलो सङ्ख्यामा रहेका कैदी अझै नभेटिनुले सर्वसाधारणमा त्रास कायमै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण