गगन सभापति बनेपछि गोविन्दराज जोशीका छोराले भने- यो राजनीतिक न्याय हो
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि पार्टीमा शक्ति समीकरण परिवर्तन भएको छ।
- निर्वाचन आयोगले थापाको पक्षमा निर्णय गरेपछि गोविन्दराज जोशी पक्षले राजनीतिक न्यायको रूपमा लिएको छ।
- दीपकराज जोशीले पार्टी नेतृत्व परिवर्तनलाई एउटा प्रवृत्तिको अन्त्य र राजनीतिक चेतनाको पुनर्जागरणको रूपमा व्याख्या गरे।
पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सर्वसम्मत सभापतिमा निर्वाचित भएसँगै पार्टीभित्रको शक्ति समीकरणमा उथलपुथल आएको छ । पुस २९ गते भृकुटीमण्डपबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
शुक्रबार निर्वाचन आयोगले थापाकै पक्षमा निर्णय सुनाएको छ । यो निर्णयसँगै कांग्रेसका पुराना नेता पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्षले राजनीतिक न्यायको रूपमा अर्थ्याएको छ । उनका छोरा दीपकराज जोशीले पार्टी नेतृत्व परिवर्तनले एउटा प्रवृत्तिको अन्त्य गरेको बताएका छन् ।
‘गोविन्दराज जोशीको पहल, योगदान र सङ्घर्षबाट बनेको पार्टी कार्यालयको कुर्सीमा बसेर उनै जोशीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय कुनै साधारण सङ्गठनात्मक कारबाही थिएन,’ उनले भने, ‘त्यो निर्णयले पार्टीभित्र कृतघ्नता, शक्ति–केन्द्रित राजनीति र मूल्यविहीन नेतृत्वलाई संस्थागत ग¥यो । पार्टी निर्माणमा जोशीको त्यागलाई लत्त्याउँदै निषेध गर्ने नेतृत्व आज आफैँ विस्थापित हुनु भनेको राजनीतिक न्यायको एउटा ज्वलन्त उदाहरण हो ।’
थापाको नेतृत्वलाई उनले युवा पुस्ताको विद्रोह र राजनीतिक चेतनाको पुनर्जागरणको रूपमा अर्थ्याएका छन् । ‘आज जब युवा पुस्ताले विद्रोहको बाटो रोज्दै तिनै नेतृत्वलाई पाखा लगाइदिएको छ, यो व्यक्ति हटाउने प्रक्रिया होइन, यो राजनीतिक चेतनाको पुनर्जागरण हो,’ उनले अघि भने, ‘युवाहरूले पार्टी कुर्सीको सम्पत्ति होइन, बलिदान र मूल्यको उत्तराधिकारी हो भन्ने स्पष्ट सन्देश दिएका छन् ।’
२०७५ पुसमा नेपाली कांग्रेसले जोशीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि कारबाही गरिएको थियो । जोशीले तनहुँमा पार्टीको सङ्गठन निर्माण र पार्टी कार्यालय स्थापनामा अग्रणी भूमिका खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० मेगावाट माथिका आयोजनाको पीपीएमा बजेट मौन : १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्योलमा
-
बसपार्क क्षेत्रका घर भत्काउन अदालतले रोकेपछि रिसाए पोखराका मेयर
-
नेपाली आँप आउन थाल्यो बजारमा (तस्बिरहरू)
-
भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
-
सशस्त्रका १५ एसएसपीको सरुवा र ८ जनाको पदस्थापना
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण