शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘द ब्ल्यू लाइट’मा म पहिलो पटक भिलेन बनेकी छु : सृष्टि श्रेष्ठ

शनिबार, ०३ माघ २०८२, १० : १०
शनिबार, ०३ माघ २०८२

सारांश

  • अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म 'द ब्ल्यू लाइट' मा नेगेटिभ भूमिकाबाट दर्शकको मन जित्ने प्रयास गर्दैछिन्।
  • शुक्रबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बलिराम चौहानले फिल्म फरक रहेको बताए, जसमा प्रेम, धोका र बदलाको कथा समेटिएको छ।
  • ललितपुरको लबिम महलमा आयोजित कार्यक्रममा फिल्म माघ १६ गते रिलिज हुने भएको छ, जसमा बेनिशा हमाल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठले आफू नेगेटिभ भूमिकामा मार्फत दर्शकको मन जित्ने प्रयासमा रहेको बताएकी छन् । फिल्म ‘द ब्ल्यू लाइट’मा आफू पहिलो पटक नेगेटिभ भूमिकामा देखिन लागेको उनको भनाई थियो ।  देख्न पाउने बताएकी छन् ।

‘मलाई नेगेटिभ भूमिकामा काम गर्न मन लागि रहेको थियो । यो फिल्मले पूरा गर्‍यो’, उनले भनिन् ‘आफ्ना लागि फरक अभिनय पस्किने एउटा अवसर हो ।’

शुक्रबार आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बलिराम चौहानले धेरै चुनौतीका बाबजुद फिल्म तयार भएको बताए । ‘मेरो एउटा सपना थियो फिल्मका कथालाई लिएर । जसमा कलाकारले अझ गहिरिएर पस्किनुभएको छ’, उनले भने ‘फिल्मबजारमा आएको भन्दा फरक छ ।’ उनले फिल्म सबैले रुचाउने अनुमान लगाए ।

अभिनेता अपर्णले फिल्मको कथा राम्रो भएकोकारण आफ्नो रोजाइमा परेको बताए । ‘फिल्म हिट फ्लप बजारको कुरो हो’, उनले भने ‘हामीले राम्रो दिने कोसिस गरेका छौ ।’

अभिनेत्री बेनिशा हमालले कार्यकारी निर्माताको रूपमा आफ्नो यात्रा यो फिल्मबाट सुरु भएको बताइन् । उनले अभिनेत्रीको रूपमा पाएको साथ जस्तै निर्माताको रूपमा पनि सबैबाट साथ पाउने आशा व्यक्त गरिन् ।

ललितपुरको लबिम महलमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रस्ट देखिएको छ । प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गरेको घटनाक्रमलाई ट्रेलरले समेटेको छ । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । ‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप