महोत्तरीमा ४ लाख ३१ हजार मतदाता कायम
महोत्तरी । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । उक्त कार्यालयका अनुसार जिल्लामा चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी जम्मा मतदाता सङ्ख्या एक लाख पाँच हजार ६४६ जना कायम भएकाे जानकारी दिइन् ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, निर्वाचन क्षेत्र नं ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला, निर्वाचन क्षेत्र नं ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला कायम भएका निर्वाचन अधिकारी झाले बताइन् ।
यसैगरी, ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । योसँगै जिल्लामा मतदाता सङ्ख्या चार लाख ३१ हजार २८२ पुगेको छ । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । अब जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र कायम भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएका छन् ।
यसैगरी, क्षेत्र नं २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र, क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण