कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश
शनिबार, ०३ माघ २०८२, १७ : ०६
सारांश
- कपिलवस्तु क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले कनौडियालाई पार्टीमा स्वागत गरेका थिए।
- कनौडियाले कांग्रेसको किचलो र एमालेबाट टिकट सुनिश्चित भएपछि पार्टी प्रवेश गरेको बताए।
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय कांग्रेसमा किचलो रहेको र क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चित भएपछि सो पार्टीमा प्रवेश गरेको जानकारी दिए ।
उनले भने, ‘जिल्लामा कांग्रेसको किचलोमा फस्नुभन्दा एमाले मै रहन उचित लागकोले प्रवेश गरेको हुँ ।’ कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण