जुम्लामा नेकपाबाट नरेश भण्डारी उम्मेदवार, प्रचण्ड–माधवले दिए टिकट
शनिबार, ०३ माघ २०८२, १८ : ४७
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जुम्लामा नरेश भण्डारीले टिकट पाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले उनलाई टिकट दिएको हो ।
शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले भण्डारीलाई टिकट दिएका हुन् ।
भण्डारी २०६४ सालमा माओवादीबाट यहाँ विजयी भएका थिए । उनी ०७४ सालमा प्रदेश सभा चुनाव जितेर कर्णालीको कानुनमन्त्री बनेका थिए । ०७९ सालमा भने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन खोजे पनि उनले टिकट पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण