आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथन हुने
सारांश
- व्यास नगरपालिकाले माघ १६ गते आठौँ व्यास अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ।
- म्याराथनले पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्र चलायमान बनाउन र सहिदको सम्मान गर्नेछ।
- प्रतियोगितामा २०० भन्दा बढी धावकको सहभागिता हुने र पुरस्कारको व्यवस्था गरिएको छ।
तनहुँ । तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान: व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसको अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको अल्ट्रा म्याराथन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र प्रतिभा पहिचान तथा उजागर गर्ने अभियान भएको उहाँले बताउनुभयो । पर्यटकीय स्थल व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ सहिद गाउँ पुलिमराङमा ४४ किलोमिटर लामो दुरीको म्याराथन हुने नगरपालिकाले जनाएको छ ।
उनका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउनेछ । नगर प्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ । यसका साथै मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्द्धनमा टेवा पुगेको छ ।”
मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड सञ्चालन हुनेछ ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरेको बताए । उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगिरहेको गुरुङको भनाइ छ ।
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए । धावकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उनले बताए । सहभागी धावकलाई आवश्यक सूचना, मार्ग निर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी नहुने उनको भनाइ छ ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु.८५ हजार ७७, रु।६५ हजार ७७ र रु।५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिनेछ भने पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप रु।१६ हजार ७७ प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण