यी हुन् नेकपा एमाले सुदूरपश्चिम प्रदेशका उम्मेदवार
सारांश
- नेकपा एमालेले सुदूरपश्चिममा फागुन २१ गते हुने निर्वाचनका लागि १६ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
- कैलालीका विभिन्न क्षेत्रमा द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, र गौरीशंकर चौधरीलाई टिकट दिइएको छ।
- कञ्चनपुर, अछाम, बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा पनि उम्मेदवारको टुंगो लागेको छ।
धनगढी । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ वटा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। लामो रस्साकस्सी र छलफल पछि टिकटको टुङ्गो लगाइएको जनाइएको हो।
टिकट पाउनेहरूमा कैलाली क्षेत्र नम्बर १ मा द्वारिका न्यौपाने, क्षेत्र नम्बर २ मा सूर्यबहादुर थापा, क्षेत्र नम्बर ३ मा गौरीशंकर चौधरी रहेका छन्। यस्तै कैलाली क्षेत्र नम्बर ४ मा लेखराज भट्ट, कैलाली क्षेत्र नम्बर ५ मा यज्ञराज ढुङ्गानालाई टिकट दिइएको छ।
यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, क्षेत्र नम्बर २ मा वचनबहादुर सिंह, क्षेत्र नम्बर ३ मा दीपक भट्टलाई टिकट दिइएको छ।
अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा र क्षेत्र नम्बर २ मा यज्ञ बोगटीलाई टिकट दिइएको हो।
बाजुरामा लालबहादुर थापालाई टिकट दिइएको छ। डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङ अफिलाल ओखेडालाई उम्मेदवार बनाइएको हो।
यस्तै बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई टिकट दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण