रेणु भर्सेस सोविता, प्रतिस्पर्धामा अर्का भेट्रान उम्मेदवार
सारांश
- चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी निर्वाचनका लागि नेकपाले भरतपुरकी मेयर रेणु दाहाललाई अघि सार्दै केन्द्रमा नाम सिफारिस गरेको छ।
- गत निर्वाचनमा माओवादी पराजित भएको र रास्वपाको प्रभाव रहेको यस क्षेत्रमा राप्रपा र एमालेका उम्मेदवारहरूको पनि चर्चा छ।
- कांग्रेसले पनि यस क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ, भने नयाँ दलहरूसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण देखिन्छ।
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकाका सबै वडा, भरतपुर महानगरपालिकाका ६, ८, १३ देखि २८ नम्बरसम्म गरी १९ वटा वडाहरू पर्छन् । सहरीकरण भइरहेको माडी नगरपालिका सिंगै (कुल ९ वडा)सहित विकासको गतिमा अग्रसर भरतपुरका १८ वटा वडाहरू यही निर्वाचन क्षेत्रमा पर्छन् ।
चितवन–३ तत्कालीन नेकपा माओवादी केन्द्रको उल्लेख्य मतदाता भएको क्षेत्र हो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसै निर्वाचन क्षेत्रबाट विगतमा चुनाव लड्दै आएका थिए । र आगामी निर्वाचनमा पनि उनै संयोजक रहेको नेकपाले आफ्नो पक्षमा नतिजा ल्याउने लक्ष्य राखेको छ । र सोहीअनुसार तयारी पनि गरिरहेको छ । नेकपाले यस क्षेत्रमा यसपटक भरतपुरकी मेयर रेणु दाहाललाई अघि सार्ने भएको छ, सोहीअनुसार उनको नाम केन्द्रमा सिफारिससमेत भइसकेको छ ।
भरतपुरको मेयरमा ९ वर्ष काम गरेकी उनलाई विकासप्रेमी का नामले चिनिन्छ । विगतमा प्रचण्डको छोरीको पहिचानलाई उनले कामले परिवर्तन गर्दै भिजन र विकासको पर्यायका रूपमा आफूलाई उभ्याउन सफल भएकी कतिपय बताउने गर्छन् ।
साँघुरो राजमार्ग, खाल्डाखुल्डी सहितका धुलाम्य सडकहरू, जीर्ण विद्यालय भवनजस्ता समस्यै समस्याले जेलिएको भरतपुरलाई उनले सुधारेकी छन् पनि । सहरी विकासको नयाँ मोडलमा भरतपुरलाई ल्याउन उनले ठुलो भूमिका खेलेकी महानगरवासीको बुझाइ छ, पहिलो कार्याकालका लागि विवादित र आलोचित तरिकाले चुनाव जिते पनि दोस्रो पटक भने उनले उत्साहप्रद ढंगले मत ल्याइन् ।
तर गत निर्वाचनको मत हेर्ने हो भने माओवादी (हाल नेकपा)को लागि चितवन–३ सहज क्षेत्र भने छैन । गत प्रतिनिधिसभा निर्वाचनमा माओवादी यहाँ पराजित भएको थियो, डा. भोजराज अधिकारी उम्मेवादर थिए । तर अहिले उक्त पराजय बिर्साउन र आफूले महानगरमा गरेको कामजको जस लिन यसै निर्वाचन क्षेत्रमा मेयरबाट राजीनामा दिएर रेणु चुनावी प्रतिस्पर्धाको तयारीमा लागिपरेकी छन् । यद्यपि उनको संघीय संसद् यात्रा भने कम चुनौतीपूर्ण भने छैन । पुराना दलप्रति नागरिकको आक्रोश स्वाभाविक रहेका बेला उनको उम्मेवारीले खास अर्थ राख्नेछ ।
उनीमाथि अर्को चुनौती बन्न सक्छ–नयाँ दलहरूसँगको तीव्र प्रतिस्पर्धा । चितवन नयाँ दलका रूपमा उदय भएको रास्वपाको उद्गम र उर्वरस्थल हो । चितवनको ३ मध्ये २ वटामा गत ०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले जितेका थिए । क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले निर्वाचन र उपनिर्वाचन दुवैमा जित निकालेका थिए भने क्षेत्र १ मा रास्वपाकै हरि ढकाल विजयी भएका थिए । तर क्षेत्र नम्बर ३ मा भने रास्वपाले हार बेहोरेको थियो, जिता बराल १४ हजार ८४३ मत सहित तेस्रो स्थानमा रहेकी थिइन् ।
आगामी निर्वाचनमा रास्वपाले यस क्षेत्रमा केन्द्रीय सदस्य सोविता गौतमलाई उम्मेदवार बनाउने लगभग निश्चित छ । रास्वपाको संगठन संरचना चितवनमा बलियो देखिन्छ । छोटो समयमा बलियो संगठन बनाए पनि रास्वपा चितवन–३ मा केही कमजोर देखिन्छ । सहरी क्षेत्रका सदस्य रास्वपामा ‘कमिटेड’ भए पनि ग्रामीण क्षेत्रमा भने भोट बाँडिने जोखिम उच्च छ । रास्वपाभित्रको आन्तरिक द्वन्द्वले पनि सो क्षेत्रमा केही असर पर्ने पक्का देखिन्छ ।
सो क्षेत्रमा रास्वपाले सोविता गौतमलाई उम्मेदवार बनाउन खोजेको छ, गौतम आयातित हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट चुनाव जेतेकी गौतम चितवन झर्नु कमजोखिमपूर्ण भने होइन । गौतमले राष्ट्रिय राजनीतिमा भूमिका देखाए पनि आम नागरिकको अपेक्षाअनुसार विकास निर्माणमा सक्रिय भएको अनुभूति सो क्षेत्रका नागरिकमा छैन । व्यवसायी गिहेन्द्र घिमिरेसँग वैवाहिक सम्बन्ध बनाएपछि चितवनसँग उनको सामीप्यता बढेको छ, त्यसैले उनले काठमाडौँ छाडेर चितवन रोजको हुन सक्ने धेरैले बुझेका छन् ।
चितवन–३ बाट अर्का बलियामध्ये एक उम्मेदवार हुन्, राप्रपाका विक्रम पाण्डे । सो क्षेत्रबाट पटक–पटक चुनाव लडेका पाण्डे २०७९ मा विजयी भएका थिए । पाण्डे चितवन–३ का लागि भेट्रान उम्मेदवार हुन् । प्रचण्डसँग २०७४ सालमा प्रतिस्पर्धा गरेका पाण्डे पराजित भएका थिए ।
नेकपा एमालेका लागि त झन् चितवन–३ प्रतिष्ठानको विषय हो । नेपाली कांग्रेसको पनि यस क्षेत्रमा बलियो उपस्थिति देखिन्छ ।
चितवन–३ बाट २०७० मा कृष्णभक्त पोखरेलले चुनाव जितेका थिए । आगामी निर्वाचनका लागि यस क्षेत्रबाट एमालेले शंकर थपलियालाई टिकट दिएको छ । भरतपुर–२२ निवासी थपलिया एमाले भरतपुर महानगरपालिका अध्यक्ष हुन् ।
कांग्रेसले भने २०५६ मा मात्र यहाँ जितेको थियो । २०६४ मा माओवादी केन्द्रबाट नारायण दाहालले चुनाव जित्दा यहाँ २०७४ मा कांग्रेसले राप्रपाका पाण्डेलाई सघाएको थियो ।
२०७९ मा काग्रेसले सो क्षेत्रमा माओवादी केन्द्रलाई सघाउँदा बागी उम्मेदवारी दिएका दिनेश कोइरालेले १२ हजार बढी मत ल्याएका थिए । कांग्रेसले सो क्षेत्रमा चुनाव लड्न दिनेश कोइराला, अन्जनी श्रेष्ठ, लाल बहादुर दवाडी, विजयराज शर्मा भुषाल, साजन कुमार महतो, बेल बहादुर गुरुङ, कैलास कोइराला, भरत गुरुङ, पूर्ण बहादुर गुरुड़, राम प्रसाद अधिकारी, सूर्य ढकाल, तारा नाथ पौडेल र भरत प्रसाद सापकोटाको नाम सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण