नयाँ प्रशिक्षकको प्रिमियर लिगमा सुखद डेब्यु, ब्रेन्टफोर्डलाई हराउँदै चेल्सी छैटौँ स्थानमा
सारांश
- नयाँ प्रशिक्षक लियाम रोजेनियरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गर्यो।
- जोआओ पेड्रोको गोलले चेल्सीलाई अग्रता दिलाए भने कोल पाल्मरले पेनाल्टीमा गोल गरे।
- ब्रेन्टफोर्डले बलियो पकड बनाए पनि गोल गर्न असफल रह्यो, र चेल्सी अंक तालिकामा छैटौं स्थानमा उक्लियो।
लण्डन । नयाँ प्रशिक्षक लियाम रोजेनियरको नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। स्ट्यामफोर्ड ब्रिजमा भएको प्रतिष्पर्धात्मक खेलमा ब्रेन्टफोर्डलाई हराउँदै चेल्सीले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
खेलको २६औँ मिनेटमा जोआओ पेड्रोले शक्तिशाली प्रहारमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। इन्जो फर्नान्डेजले ब्रेन्टफोर्डका रक्षकलाई दबाबमा पारेपछि प्राप्त बललाई पेड्रोले जाली चुमाएका हुन्।
दोस्रो हाफमा सब्सिच्युट खेलाडी लियाम डेल्यापलाई ब्रेन्टफोर्डका गोलकिपर काओमहिन केलेहेरले डिबक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई कोल पाल्मरले सदुपयोग गर्दै टोलीको जित सुनिश्चित गरे।
ब्रेन्टफोर्डले खेलमा बलियो पकड बनाए पनि गोल गर्न भने सकेन। बल पोजेसन र गोलको प्रयासमा अगाडि देखिएको ब्रेन्टफोर्डका लागि केभिन साडे र म्याथियास जेन्सेनका प्रहारहरू विफल भएका थिए।
यस जितसँगै चेल्सी अंक तालिकामा ब्रेन्टफोर्डलाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ। रोजेनियरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता तीन खेलमध्ये टोलीको यो दोस्रो जित हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण