साङ्गीतिक जोडी लक्ष्मण र कल्पनाको ‘उडी पुतली’मा बले र आश्माको छमछमी
सारांश
- लोकदोहोरी गायक लक्ष्मण पौडेल र गायिका कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ।
- गीतमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माको नृत्य रहेको छ भने अमृत लगुनले र्यापमा साथ दिएका छन्।
- लक्ष्मण पौडेलले लोकगीतलाई हिपहपसँग जोडेर नयाँ स्वाद पस्किएका छन्।
काठमाडौँ । लोकदोहोरी सङ्गीतको चर्चित जोडी लक्ष्मण पौडेल र कल्पना देवकोटाको नयाँ गीत ‘उडी पुतली’ सार्वजनिक भएको छ । पौडेलको शब्द र सङ्गीत रहेको गीतमा स्वरमा लक्ष्मणलाई कल्पनाले साथ दिएकी छन् । गीतको भिडियोमा सागर लम्साल ‘बले’ र आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।
अमृत लगुनले गीतमा र्याप आवाज दिएका छन् । कार्टुन्ज क्रूका सरोज अधिकारीले निर्देशन गरेको भिडियो डान्सिङ ट्रयाक शैलीमा बनेको छ । लोकगीतलाई हिपहप संगीतसँग जोडेर लक्ष्मणले कम्पोजमा नयाँ स्वाद पस्किएका छन् ।
पाल्पा रामपुर घर भएका पौडेल नेपाली लोकदोहोरी गायनको चर्चित नाम हो । कुनै बेला काठमाडौँका सडकपेटीमा साइकल हाँकेर क्यासेट बेच्नेदेखि रेकर्डिस्ट, म्युजिक एरेन्जर, लेखन, गायन, म्युजिक कम्पनी सञ्चालनको अनुभव उनीसँग छ ।
साङ्गीतिक यात्राको सिलसिलामा उनले चर्चित गायिका कल्पनासँग विवाह गरे । ‘हो माया ढाँटे मरिजाम, ‘दुःखीको घरपर्यो रामपुर फाँटैमा’ उनका चर्चित गीत हुन् ।
पौडेलले ‘आँधिखोला उर्लेर आयो, आउने थिइन मायाले बोलायो’ रिमिक्स गीतमार्फत लोकदोहोरीमा उनले र्यापको सुरुवात गरे । ‘बेनीको बजार जता माया उतै छ नजर’ रिमिक्स गीत त झनै सुपरहिट मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण