जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट
आइतबार, ०४ माघ २०८२, १० : २४
सारांश
- अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरे।
- पार्टी प्रवेश गरेसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाए।
- गत चुनावमा महतो जसपा नेपालबाट सोही क्षेत्रबाट चुनाव जितेका थिए भने जनमत दोस्रो भएको थियो।
काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् ।
जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ टिकट नपाउने देखिएपछि महतो जसपा नेपाल प्रवेश गर्नबाट पछि हटेका थिए ।
गत चुनावमा महतो जसपा नेपालबाट सोही क्षेत्रबाट चुनाव जितेका थिए भने जनमत दोस्रो भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण