'डन–३'मा फर्किएलान् त शाहरुख खान ?
सारांश
- फरहान अख्तरको फिल्म 'डन-३' मा शाहरुख खानको पुनरागमनको सम्भावना बढेको छ।
- शाहरुख खानले 'डन-३' एट्लीले निर्देशन गरे मात्र फिल्ममा जोडिने सर्त राखेका छन्।
- फरहान अख्तर कास्टिङको कारणले 'डन' फ्रेन्चाइजीको तेस्रो सिक्वेलमा अलमलिरहेका छन्।
मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म 'डन–३' फेरि एकपटक चर्चामा आएको छ । रिपोर्टका अनुसार यो आइकोनिक फ्रेन्चाइजीमा अभिनेता शाहरुख खानको पुनरागमन हुन सक्ने सम्भावना बढेको छ । समाचारका अनुसार फरहान अख्तर र शाहरुख खानबिच फिल्मलाई लिएर पुनः कुराकानी सुरु भएको छ ।
‘टेली चक्कर’को रिपोर्ट अनुसार, शाहरुख खानले फिल्ममा फर्कने सङ्केत त दिएका छन्, तर एउटा विशेष सर्तका साथ । अभिनेता शाहरुख चाहन्छन् कि ‘डन–३’ को निर्देशन दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एट्लीले गरुन् । शाहरुखले फरहानको अगाडि यो प्रस्ताव राखेका छन् कि यदि एट्ली यस प्रोजेक्टमा जोडिन्छन् भने मात्र फिल्ममा जोडिने बारे सोच्छन् ।
स्मरण रहोस्, शाहरुख र एट्लीले फिल्म ‘जवान’मा सँगै काम गरिसकेका छन् । एट्लीको निर्देशनमा बनेको शाहरुखको यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । फरहान अख्तर विगत तीन वर्षदेखि ‘डन’ फ्रेन्चाइजीको तेस्रो सिक्वेलमा काम गरिरहेका छन्, तर कलाकार छनोट (कास्टिङ) को विषयलाई लिएर यो प्रोजेक्ट लगातार अल्झिरहेको छ । सुरुमा यो फिल्मका लागि रणवीर सिंहलाई कास्ट गरिएको थियो, तर पछि उनी फिल्मबाट अलग भए ।
रणवीर सिंह बाहिरिएपछि ऋतिक रोशनलाई पनि ‘डन–३’ को अफर गरिएको थियो, तर उनले पनि फिल्म खेल्न अस्वीकार गरे । ऋतिक अहिले ‘कृष–४’ र अन्य ठूला प्यान इन्डिया फिल्महरूमा व्यस्त छन्, जसका कारण उनले यो प्रोजेक्टका लागि समय निकाल्न सकेन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण