जब एमालेले सुदूरपश्चिमकी एक्ली महिला उम्मेदवारको टिकट खोस्यो
धनगढी । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा टिकट दिएकी कमला बोहराको टिकट खोसिएको छ । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये एमालेबाट उम्मेदवार बन्ने एक्ली महिला नेतृ बोहराको टिकट खोसिएको घटनालाई पार्टीभित्र महिला नेतृत्वमाथिको अपमानका रूपमा हेरिएको छ ।
एमाले प्रदेश कमिटीकी एक महिला सदस्यले बोहराको टिकट खोसिनु महिला अधिकार र समावेशी प्रतिनिधित्वविरुद्धको कदम भएको प्रतिक्रिया दिएकी छन् ।
'महिला मतदाता पुरुषभन्दा बढी छन्, तर पार्टीले बनाएको एउटी महिला उम्मेदवारको समेत टिकट खोसिनु अत्यन्तै गलत हो,' ती नेतृले भनिन्, ‘महिलालाई अवसर नै नदिने, दिएको अवसर पनि खोस्ने प्रवृत्ति स्वीकार्य हुँदैन ।' उनले पार्टी नेतृत्वलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गर्दै बोहराको स्थानमा अर्का उम्मेदवार ल्याउनु उचित नहुने बताइन् ।
'पार्टीले महिला सहभागिता र नेतृत्व विकासको कुरा गर्दै आएको छ, तर व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ,' ती नेतृले भनिन् ।
एमालेले शनिबार मात्रै कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरे पनि आइतबार उनको स्थानमा तारालामा तामाङलाई टिकट दिने तयारी गरेको स्रोतको दाबी छ । आकस्मिक रूपमा गरिएको यो निर्णयले पार्टीभित्र असन्तुष्टि बढाएको छ । कमला बोहरा एमालेको ११औँ महाधिवेशनबाट ४० वर्षमुनिको युवाकोटाबाट लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी बोहराले संगठन निर्माण र आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको नेताहरू बताउँछन् । पार्टीले समावेशीता, लैङ्गिक समानता र महिला नेतृत्वको विषयमा बारम्बार प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा देखिएको यो घटनाले ती प्रतिबद्धतामाथि प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण