बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

नेकपाले टुंग्यायो गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार, को को छानिए ?

आइतबार, ०४ माघ २०८२, २० : ५१
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपाले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ, जसमा हरिराज अधिकारी र लेखनाथ न्यौपाने लगायतका नेताहरू छन्।
  • देव गुरुङ यसपटक मनाङबाट चुनाव लड्ने पक्का भएका छन्, जबकि कास्की-३ मा प्रेम पौडेलको नाम टुंगिन बाँकी छ।
  • पर्वतबाट मनहरी तिमिल्सिना र म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन् भने बागलुङ र मुस्ताङमा पनि उम्मेदवार चयन भएका छन्।

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । जसअनुसार गोरखा–१ मा हरिराज अधिकारी (कुमार) उम्मेदवार बनेका छन् भने २ बाट बौद्धिक नेता लेखनाथ न्यौपाने पक्का भएका छन् । 

तनहुँ–१ मा विद्यानाथ ढकाल र २ बाट सोमबहादुर थापा तथा लमजुङमा हरिजङ तामाङले टिकट पाएका छन् । प्रायः लमजुङबाटै चुनाव लडिरहेका देव गुरुङ यसपालि मनाङ जाने भएका छन् । उनको टिकट टुंगिन बाँकी भए पनि मनाङबाटै उम्मेदवार बन्ने पक्का भएको नेकपा स्रोतले जनायो । 

कास्की–१ बाट राजकाजी गुरुङ (करण), २ बाट हेमबहादुर थापा (किरण) र ३ बाट प्रेम पौडेलको नाम आएको छ, यद्यपि उनको नाम टुंगिन बाँकी रहेको नेकपा गण्डकी अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । पर्वतबाट पूर्वपत्रकार मनहरी तिमिल्सिना उम्मेदवार बनेका छन् भने म्याग्दीबाट अर्जुन थापा उम्मेदवार बनेका छन् । बागलुङ–१ बाट कृष्ण केसी र २ बाट ज्ञामनाथ गैह्रे उम्मेदवार बन्दा मुस्ताङमा ङुटुक गुरुङलाई छानिएको छ । 

स्याङजा–१ बाट शैलेन्द्र घिमिरेले टिकट पाउँदा २ बाट पदम विक छानिएका छन् । नवलपुर १ मा लोक प्रसाद भुर्तेल र २ बाट गणेशमान महतो उम्मेदवारका रूपमा टुंगिएका छन् । गत निर्वाचनमा नेकपा आबद्ध प्रमुख दल नेकपा माओवादीले गोरखा १ र बागलुङ २ मा निर्वाचन जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप