कोशी प्रदेशसभाका दुई सदस्य प्रतिनिधिसभा उम्मेदवार बन्ने निश्चित
विराटनगर । कोशी प्रदेशसभाका दुई सदस्य प्रतिनिधिसभाको आगामी उम्मेदवार बन्ने निश्चित भएको छ ।
प्रदेशसभा सदस्य रहेका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी सुनसरी–२ बाट उम्मेदवार बन्ने भएका छन् । उनलाई नेकपा एमालेले उम्मेदवार बनाउने भएको हो । आफू उम्मेदवार बन्न लागेको भण्डारीले स्वीकार गरेका छन् ।
केन्द्रबाट भण्डारीको नाममा टिकट बोकेर पार्टीका प्रदेश संयोजक शेरधन राई आउँदै गरेका एमाले स्रोतले जनाएको छ । प्रदेससभाको उम्मेदवार बन्ने भएपछि उनले सोमबार पदबाट राजीनामा दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री भक्तिप्रसाद सिटौला पनि प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । झापा क्षेत्र ४ (२) बाट प्रदेशसभामा निर्वाचित राप्रपाका सांसद सिटौलाले उम्मेदवार बन्ने भएपछि आइतबार नै प्रदेशसभामा राजीनामा बुझाइसकेका छन् ।
सिटौलाले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफ्ना स्वकीय सचिव प्रवीण रिमालमार्फत सभामुखलाई राजीनामा बुझाएका हुन् । उनीहरूबाहेक प्रदेशसभाका सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनको आकांक्षी छन् ।
कांग्रेसबाट प्रदेश सांसद रहेका मोरङका अमृत अर्याल र केदार कार्की तथा खोटाङका भुपेन्द्र राईले प्रतिनिधिसभा चुनाव लड्ने इच्छा देखाएका छन् । यद्यपि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । उनीहरूमध्ये अर्याललाई मोरङ–५ बाट कांग्रेसले उम्मेदवार बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ । उनी गगन थापाको नेतृत्वमा बनेको कांग्रेसको केन्द्रीय समिति सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण