बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली र बालेन झापा, प्रचण्ड रुकुम जाँदै

सोमबार, ०५ माघ २०८२, ११ : १५
सोमबार, ०५ माघ २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट उम्मेदवारी दिन जाँदैछन्।
  • बालेन शाह रास्वपाबाट झापा ५ मा उम्मेदवारी दिने तयारीका साथ जनकपुर पुगेका छन्।
  • प्रचण्ड रुकुम पूर्व र माधवकुमार नेपाल रौतहटमा उम्मेदवारी दर्ताका लागि जाँदैछन्।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न विभिन्न दलका नेताहरू काठमाडौँबाट सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा जान थालेका छन् ।  

यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदैछन् । झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिने तयारी स्वरुप ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार उम्मेदवार बन्दैछन् । माघ ६ गते उम्मेदवारी दिन शाह आइतबार नै जनकपुर पुगेका छन् । शाह आज सोमबार झापा जाने तयारी स्वरुप आइतबार जनकपुर पुगेका हुन् । रास्वपाले शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । 

यस्तै, नेपाली कम्युनिस्ट पार्टी– नेकपाका संयोजक प्रचण्ड पनि उम्मेदवारी दिन सोमबारै रुकुम पूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराउन प्रचण्ड सोमबार अपराह्न रुकुम पूर्व जान लागेका हुन् ।

नेकपाका अर्का नेता माधवकुमार नेपाल पनि आजै निर्वाचन क्षेत्र रौतहट जान लागेका छन् । नेपालका निजी सचिव लक्ष्मण रेग्मीले सोमबार दिउँसो नेपाल उम्मेदवारी दर्ता गर्न त्यसतर्फ जान लागेको बताए । नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप