पर्सामा निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु
सारांश
- फागुन २१ गते हुने निर्वाचनका लागि पर्सामा म्यादी प्रहरी छनोट प्रक्रिया सुरु भएको छ।
- वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण र अन्य छनोटका कामहरू भइरहेका छन्।
- जिल्लामा २,८५२ जना निर्वाचन प्रहरीको माग गरिएकोमा आवेदन दिनेहरूको संख्या धेरै छ।
वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ । जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण तथा अन्य छनोटका कामहरू अगाडि बढाइएको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका संयोजक सुमनकुमार कार्कीले आज बिहानैदेखि छनोट प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार यस पटक निर्वाचन प्रहरीमा सहभागी हुन चाहनेहरूको उत्साहजनक उपस्थिति देखिएको छ । छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वस्तुपरक बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष निगरानी र सुपरीवेक्षण रहने व्यवस्था मिलाइएको छ ।
जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी कुल दुई हजार ८५२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । तर, मागको तुलनामा आवेदन दिनेहरूको सङ्ख्या निकै धेरै रहेको छ । नेपाल प्रहरीतर्फ दुई हजार ४६७ जनाको माग भएकोमा पाँच हजार ३९९ जनाले आवेदन दिएका छन् भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको मागमा ५७१ जनाको आवेदन परेको छ । छनोटका क्रममा उम्मेदवारहरूको दौड र अन्य शारीरिक गतिविधिलाई मुख्य आधार बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण