म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ : काफ्ले
सारांश
- पूर्व मन्त्री कुन्दनराज काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नछोड्ने बताए।
- उनले कांग्रेसलाई बलियो बनाउन त्याग गर्न तयार रहेको र पार्टीप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।
- काफ्लेले पार्टीको हितका लागि आफ्नो स्वभाव 'खरो' र 'जुझारु' भएको बताए, र सबै नेताप्रति सम्मान व्यक्त गरे।
हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री कुन्दनराज काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नछोड्ने बताएका छन्। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका काफ्लेले आफू पार्टीको इमानदार सिपाही भएकाले कांग्रेसप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कांग्रेसलाई बलियो बनाउन आवश्यक परे त्याग गर्न पनि तयार रहेको उल्लेख गरेका छन्। महामन्त्री गगन थापाको ‘राजनीति सरल रेखामा हिँड्दैन’ भन्ने भनाइ र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ‘मूल्यमान्यताको राजनीति’को मन्त्र आत्मसात गर्दै आफू यहाँसम्म आइपुगेको काफ्लेले बताएका छन्।
विद्यार्थी राजनीतिदेखि नै आन्दोलनको अग्रमोर्चामा रहँदै आएका काफ्लेले आफ्नो स्वभाव अलि ‘खरो’ र ‘जुझारु’ देखिए पनि त्यो पार्टी हितकै लागि भएको स्पष्ट पारेका छन्।
‘कतिपय अग्रजका लागि मेरो स्वभाव उग्र लाग्यो होला, तर यो मेरो राजनीतिक सम्पत्ति बनिसक्यो, यसमा सम्झौता गर्न सक्दिनँ,’ उनले भनेका छन्, ‘मैले कहिल्यै कांग्रेसको कुभलो चिताइनँ। सधैं पार्टीको शिर उँचो बनाउन ज्यान हत्केलामा राखेर हिँडेको छु। म सिटौला दाइको छहारीमा छु, तर यसको अर्थ अन्य अग्रज नेताहरूलाई अपमान गर्ने अधिकार म राख्दिनँ। सबै नेताप्रति मेरो सम्मान छ।’
काफ्लेले अहिलेको आवश्यकता सबल, नूतन र एकढिक्का कांग्रेस भएको औंल्याएका छन्। पार्टीले सिपाहीका रूपमा मैदानमा खटिन तथा त्याग गर्दै धैर्यताको परीक्षा लिए पनि आफू तयार रहेको उनको भनाइ छ। चारतारे झण्डा र रुखसहितको कांग्रेस थप बलियो, जनमुखी र ऊर्जाशील हुनुपर्नेमा उनले जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण