मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङ –१ का मतदातासँग उम्मेदवार आशिका तामाङले काठमाडौँमा भेट्ने

सोमबार, ०५ माघ २०८२, १६ : १०
सोमबार, ०५ माघ २०८२

सारांश

  • आगामी निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट रास्वपाकी आशिका तामाङले चुनावी प्रचार थालेकी छिन्।
  • उनले बाल्यकालका दुःख र अभावले राजनीतिमा होमिन प्रेरित गरेको बताइन्।
  • तामाङले मतदातासँग भेटघाट र छलफलका लागि काठमाडौंमा कार्यक्रम राखेकी छन्।

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को तर्फबाट उम्मेदवार बनेकी आशिका तामाङले चुनावी प्रचारप्रसार तीव्र पारेकी छन् । 

धादिङको मलेखुमा जन्मेकी, हुर्केकी तथा भोटे काइलाकी छोरीका रूपमा आफूलाई चिनाउने तामाङले बाल्यकालका दुःख, अभाव र संघर्षले आफूलाई राजनीतिमा होमिन प्रेरित गरेको बताएकी छन् ।

‘म तपाईंहरुकै धादिङे चेली, मलेखुमा जन्मेकी, हुर्केकी, यही माटोमा सपना देखेर अगाडि बढेकी भोटे काइलाकी छोरी, आशिका तामाङ,’ उनले सामाजिक सञ्जालमा सोमबार साँझ आफ्नो परिचय दिँदै धादिङ क्षेत्र नम्बर १ घर भई काठमाडौँ बसोबास गरिरहेका मतदातासँग भेट्ने इच्छा व्यक्त गरेकी हुन् । 

‘बाल्यकालका दुःख, अभाव र संघर्ष यही माटोले मलाई सिकायो । आज म त्यही माटोको ऋण तिर्न, तपाईंहरूको आवाज बोक्न र परिवर्तनको आशा लिएर तपाईंहरूको ढोकासम्म आउँदै छु,’ उनले लेखेकी छन्, ‘यो चुनाव आफ्नो मात्र नभई धादिङका सम्पूर्ण जनताको सम्मान, अधिकार र भविष्यको लडाइँ समेत हो ।’

धादिङ क्षेत्र नं १ का मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र खुला छलफलका लागि उनले आज बेलुका साढे ४ बजे काठमाडौँको कलंकीस्थित कोजी फुडल्यान्डमा उपस्थित हुने जानकारी दिएकी छन् । उनले धादिङको भविष्य आफ्नै हातले बनाउन सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप