बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

थाइल्यान्डको ‘आई.एम.मोडल सर्च’ मा जोसेफलाई शीर्ष उपाधि

सोमबार, ०५ माघ २०८२, १७ : १६
सोमबार, ०५ माघ २०८२

सारांश

  • थाइल्याण्डमा भएको 'आई.एम.मोडल सर्च' प्रतियोगितामा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जिते।
  • जोसेफले 'द मोष्ट प्रोमिसिङ मोडल' र 'बेष्ट इन गोसिज' को सबटाइटल पनि जिते भने मनस्वी बस्नेतले 'द मोष्ट प्रोमिसिङ मोडल' जितिन्।
  • प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन र संस्कृति प्रदर्शन गरिएको थियो।

काठमाडौँ । थाइल्यान्डको अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई.एम.मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्न सफल भएका छन् ।

उनले जुनियर क्लब तर्फको शीर्ष उपाधि सहित ‘द मोष्ट प्रोमिसिङ मोडल’ र ‘बेष्ट इन गोसिज’ को सबटाइटल समेत जित्न सफल रहे । उनीसँगै प्रतियोगितामा सहभागी मनस्वी बस्नेतले भने ‘द मोष्ट प्रोमिसिङ मोडल’ को सबटाइल हात पारिन् ।

जनवरी १३ देखि १८ तारिखसम्म ६ दिने चलेको प्रतियोगितामा १८ देखि २० देशका बालबालिकाहरूको सहभागिता रहने थियो । मनस्वी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको नेपाली प्रतियोगिता ‘मिलेनियम किड्स इन्टरनेशनल २०२६’ की विजेता हुन् भने जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेशनल २०२५’का विजेता हुन् । 

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगितामा मनस्वीले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भेषभूषा र संस्कृति प्रस्तुत गरेका थिए भने जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचानलाई प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप