सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मोरङमा टिकट वितरणप्रति रास्वपाको असन्तुष्टि, मनिष झाले स्वार्थ पूर्ति गरेको आरोप

सोमबार, ०५ माघ २०८२, २१ : ०७
सोमबार, ०५ माघ २०८२

विराटनगर । मोरङ क्षेत्र नं ५ मा मा रास्वपाको उमेदवार छनौटसम्बन्धी विवाद सतहमा आएको छ ।

त्यो क्षेत्रबाट पार्टीका नेता मनीष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेस प्रदेशको समानुपातिकमा नाम थपेको र प्रत्यक्षमा झाले आफ्नो स्वार्थ पूरा गर्न आशा झाको नाम सिफारिस गरेको एउटा पक्षले आरोप लगाएको छ ।

युवा नेता प्रमोद मण्डलले अर्को कारण एउटै क्षेत्रबाट सम्झना पण्डित र आशा झाको नाम सिफारिस गर्दा सीधै फस्ने देखेपछि पण्डितको नाम हटाएको उनले जनाएका छन् ।

यसबारे उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् । यसको विरोधमा मंगलबार नेपाल पत्रकार महासंघको हलमा मोरङ नम्बर ५ का रास्वपाका नेता तथा कार्यकर्ता उपस्थित भई यसबारे प्रस्ट पार्ने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप