यी हुन् कोशीमा रास्वपाका २२ उम्मेदवार
सारांश
- रास्वपाले कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
- रास्वपाले झापामा वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाएको छ, जसको चर्चा देश तथा विदेशमा छ।
- मोरङ १ मा यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्कीलाई रास्वपाले उम्मेदवार बनाएको छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अबेरसम्ममा कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
प्राप्त विवरण अनुसार रास्वपाले मोरङ ४, धनकुटा, उदयपुर २, पाँचथर, भोजपुर र खोटाङमा उम्मेदवारको टुङ्गो लगाएको छैन ।
सो पार्टीले झापामा वरिष्ठ नेता बालेन शाहलाई उठाएको छ । जसको चर्चा देश तथा विदेशमा भइरहेको छ । यस्तै मोरङ– १ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ ३ मा गणेश कार्कीलाई उम्मेदवार बनाएको रास्वपाले मोरङ ६ मा रुविना आचाई र ५ मा आशा झालाई टिकट दिएको छ ।
उम्मेदवारको नामावली
मोरङ
१. यज्ञमणि न्यौपाने
२. कृष्णकुमार कार्की
३. गणेश कार्की
५. आशा झा
६. रुविना आचार्य
झापा
१. निशा डाँगी
२. इन्दिरा राना
३. प्रकाश पाठक
४. शम्भु ढकाल
५. बालेन शाह
सुनसरी
१. सरिन तामाङ
२. लालविक्रम थापा
३. अशोक चौधरी
४. दिपक साह
इलाम
१. विमल गदाल
२. गोकुल राई
सङ्खुवासभा
मिङ्मा शेर्पा
सोलुखुम्बु
ऋषिधन राई
तेह्रथुम
ऋतुराज लिम्बू
ताप्लेजुङ
वीरेन्द्र श्रेष्ठ
ओखलढुङ्गा
विश्वराज पोखरेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण