मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण
मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । हिमाली जिल्ला मनाङमा मतदाता थपिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् ।
विसं २०७९ मङ्सिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेकामा अहिले बढ्को प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा २२१ मतदाता बढेको छ ।
महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने प्रमुख कुँवरले बताए । उनले भने, “सुरक्षा र मतदातालाई सहज बनाउने उद्देश्यले कारागारमा एउटा मतदान केन्द्र थप भएको छ ।”
नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ । यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए।
“सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम रहेको छ । निर्वाचनको तयारी भने भइरहेको छ”, उनले भने ।
भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो ।
त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण