कहाँ-कहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँमा निर्वाचन कार्यालयहरू स्थापना भएका छन्।
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम रहेको छ।
- ललितपुर र भक्तपुरमा पनि पायक पर्ने स्थानमा निर्वाचन कार्यालय स्थापना भइसकेका छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।
कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा निर्धारण गरिएको छ । क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ ।
काठमाडौँ क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकको वडा नं ४ को कार्यालय, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपलीका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
यस्तै, काठमाडौँ क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, काठमाडौँ क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थलीका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
काठमाडौँ क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस, क्षेत्र नं ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं ९ को चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय स्थापना गरिएको छ ।
यस्तै, काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुर नगरपालिकाको वडा नं २ को भवन बाघभैरवमा कार्यालय स्थापना गरिएको छ । ललितपुर र भक्तपुरको पनि पायक पर्ने स्थानका निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण