सुदूरपश्चिममा देउवा पक्षको हालिमुहाली अन्त्य, सीमित उम्मेदवारले पाए टिकट
सारांश
- सुदूरपश्चिममा नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षका सीमित उम्मेदवारले मात्र टिकट पाएका छन्।
- पार्टी सभापति गगन थापाले टिकट वितरणमा देउवा समूहलाई पछाडि पारेका छन्।
- डडेल्धुरामा देउवाले टिकट पाएनन्, उनको ठाउँमा नैन महरले उम्मेदवारी पाए।
धनगढी । सुदूरपश्चिममा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा पक्षका सीमित उम्मेदवारले मात्र टिकट पाएका छन् । यसअघिका निर्वाचनहरूमा हालिमुहाली गरे पनि पार्टी सभापति गगन थापा भएसँगै देउवा समूहलाई टिकट वितरणमा पछाडि पारिएको हो ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्र छन् ।
कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस प्रदेश सभापति बीरबहादुर बलायरलाई टिकट दिइएको थिए, तर उनले चुनाव नलड्ने बताएका छन् । त्यस्तै डडेल्धुरामा २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका देउवाले नै टिकट पाएनन्, उनको ठाउँबाट अब कांग्रेसले नैन महरलाई उम्मेदवार बनाएको छ, यद्यपि महर देउवा पक्षकै नेता हुन् ।
स्रोतका अनुसार देउवाले दिन भनेकाहरूलाई पार्टीले टिकट दिएको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न देउवा स्वयंले इक्षा व्यक्त गरेका थिए, तर सभापति थापाले उनलाई टिकट दिन मानेनन् ।
त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखकले टिकट पाएनन् । अघिल्लो पटक यहाँबाट लेखक निर्वाचित भए पनि यस पटक यो ठाउँमा हरि बोहरालाई टिकट दिइएको छ, बोहरा देउवा पक्षकै हुन् । बाजुरामा गगन पक्षका जनकराज गिरीले टिकट पाएका छन् । अछाम–१ मा सभापति थापा पक्षका भरत स्वार, २ मा देउवा पक्षका पुष्प शाहले टिकट पाएका छन् ।
बझाङमा भने थापा पक्षका प्रकाश रसाइली 'स्नेही'लाई कांग्रेसले उम्मेदवार बनाएको छ । बैतडीमा थापा पक्षका चतुर बहादुर चन्द, दार्चुलामा पनि थापा पक्षकै धर्मानन्द जोशीले टिकट पाउन सफल भएका छन् ।
कैलाली–१ मा जनकराज चौधरीले टिकट पाएका छन्, उनी थापा पक्षका नेता हुन् । त्यस्तै यसै जिल्लाको क्षेत्र नम्बर २ मा टिकट पाउने विजय स्वार पनि थापा पक्षकै हुन् । ३ नम्बर क्षेत्रमा टिकट पाउने भीम बडुवाल पनि थापा पक्षकै हुन् । क्षेत्र नम्बर ४ मा पार्टी प्रदेश सभापति बलायरलाई टिकट दिइए पनि उनले उम्मेदवार दर्ताका दिन चुनाव नलड्ने बताएका छन् । क्षेत्र नम्बर ५ मा भने नरनारायण शाहले टिकट पाएका छन्, उनी तटस्थ देखिएकाले दुवै पक्षले उनलाई समर्थन गरेको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा भने गोपी उपाध्यायले टिकट पाएका छन्, उनी पनि सभापति थापा पक्षका हुन् । त्यस्तै कञ्चनपुर–२ मा नारायणप्रकाश साउँद 'एनपी' ले टिकट पाएका छन्, उनी भने देउवा पक्षका हुन् । डोटीबाट भने भरत खड्काले टिकट पाएका छन्, उनी सभापति थापानिकट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण