सिरहा-४ बाट राजकिशोर यादवको मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : २७
सारांश
- जसपा नेता राजकिशोर यादवले सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराए।
- यादवले मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
- यादव यसअघि सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेका छन्।
सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपाल नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले मनोनयन दर्ता गराएका छन्। यादवले मिर्चैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि उनी सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेका छन् भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा-४ बाटै निर्वाचित भएका थिए। लामो समयदेखि मधेसको राजनीति र सामाजिक अभियानमा सक्रिय रहेका यादव अनुभवी नेताका रूपमा परिचित छन्।
यादव सिरहाको नरहा गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण