रहबरले भने, ‘ट्रकमा पैसा ल्याएर चुनाव जित्ने दिन गए’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहबर अन्सारीले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- अन्सारीले बारा-४ मा पैसाको बलमा चुनाव जित्ने गलत भाष्य तोड्न आएको र भ्रष्टाचार विरुद्ध लड्ने बताए।
- पर्सा-१ बाट बारा-४ रोजेका उनले भूगोल र जनतासँगको सम्बन्ध रहेको तर्क गरे, र युवाहरूको साथ लिएर चुनावी मैदानमा होमिएका छन्।
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहबर अन्सारीले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। स्थायी घर पर्सा क्षेत्र नम्बर १ भए पनि उनले छिमेकी जिल्ला बाराको क्षेत्र नम्बर ४ रोजेका हुन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराउँदा शालिकराम अधिकारी प्रस्तावक र युवराज न्यौपाने समर्थक बसेका छन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अन्सारीले बारा–४ मा पैसाको बलमा चुनाव जित्ने गलत भाष्य निर्माण गरिएको भन्दै त्यसलाई तोड्न आफू आएको बताए। उनले विगतमा यस क्षेत्रलाई काठमाडौँसम्म बदनाम गराउने काम भएको टिप्पणी गरे।
अन्सारीले भने, ‘बारा–४ मा ठुल्ठुलो पैसाको बिटो र ट्रकमा पैसा ल्याएपछि चुनाव जित्न सकिन्छ भन्ने जुन सन्देश दिइएको छ, त्यसलाई करेक्सन गर्न म आएको हुँ। पैसाको बिटोले चुनाव जित्न सकिन्न भन्ने सन्देश दिनु नै मेरो मुख्य योगदान हुनेछ।’
लामो समय माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका अन्सारीले टिकट नपाएर भन्दा पनि विचार नमिलेर पार्टी छाडेको स्पष्ट पारे। माओवादी छाडेर रास्वपा रोज्नुको कारण खुलाउँदै उनले आफू माओवादीसँग टिकट माग्न नगएको जिकिर गरे।
गरिबले उपचार नपाउने र बालबच्चाले पढ्न नपाउने व्यवस्था समाजवाद हुन नसक्ने भन्दै उनले हिजोको विगतलाई प्रश्न गर्दै आजको उत्तर खोज्न रास्वपामा आएको बताए। उनले भने, ‘मूल्य मान्यताको राजनीति गर्न र भ्रष्टाचार, कुशासन तथा बेथितिविरुद्धको एकीकृत आवाजमा बल दिन म घण्टी बोकेर आएको हुँ।’
पर्सा–१ छोडेर बारा–४ रोजेको विषयमा सोधिएको प्रश्नमा उनले भूगोल र जनता जोडिएको तर्क गरे। बारा–४ र पर्सा–१ खोलाको वारिपारि मात्र नभएर बाटोको वारिपारि समेत रहेको भन्दै उनले आफू यस क्षेत्रका जनतासँग अपरिचित नरहेको दाबी गरे। उ
नले आफू मधेस प्रदेशको प्रतिनिधिका रूपमा काम गरिसकेको र जितपुर सिमराका सामुदायिक विद्यालयको सुधारमा आफ्नो पनि योगदान रहेको बताए। आफू एक्लै नभई हजारौँ युवाको साथ लिएर चुनावी मैदानमा होमिएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण