टिकट नपाएपछि एमाले परित्याग, लगत्तै नेकपाबाट उम्मेदवार
विराटनगर । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन् ।
ओखलढुंगामा एमालेले आफूलाई टिकट नदिएर अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले विद्रोह गर्दै एमाले छाडेका हुन् ।
एमाले त्यागेलगत्तै गुरुङले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले यसअघि रामकुमार कार्कीलाई उम्मेदवार बनाउने घोषणा गर्दै टिकट दिइसकेको थियो । तर एमालेबाट असन्तुष्ट बनेर आएका गुरुङलाई पार्टीले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि कार्कीको ठाउँमा गुरुङले टिकट पाएका हुन् ।
ओखलढुंगामा बलियो पकड भएका गुरुङले पार्टी छाडेर अर्को दलबाट उम्मेदवारी दिएसँगै त्यहाँ एमालेका लागि चुनौती थपिएको छ ।
एमालेले युवा नेतृ अस्मिता थापालाई अघि सारेपछि गुरुङ पक्षका कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । अम्बिरबाबु गुरुङको यो कदमले ओखलढुंगाको चुनावी समीकरणलाई रोचक र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण