मुस्ताङबाट ८ जनाको उम्मेदवारी दर्ता, महिला एक जना मात्रै
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङबाट ८ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
मुस्ताङमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालगायत दलहरू चुनावी मैदानमा उत्रिएका छन् । मुस्ताङमा नेपाली कांग्रेसको तर्फबाट ३२ वर्षीय योगेश गौचन थकाली उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट ५६ वर्षीय इन्द्र धारा दाडु विष्टले उम्मेदवारी दिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
त्यस्तै रास्वपाबाट ३९ वर्षीय अद्वितीय चन्द्र थकाली र राप्रपाबाट ६० वर्षीया कमला लालचन चुनावी प्रतिस्पर्धामा छन् । दर्ता भएका ८ उम्मेदवारमध्ये कमला एक मात्र महिला उम्मेदवार हुन् ।
उमेरको हिसाबले सबैभन्दा कान्छा उम्मेदवार आम जनता पार्टीका २६ वर्षीय अजय विक छन् भने सबैभन्दा पाका उम्मेदवार उज्यालो नेपाल पार्टीका ६८ वर्षीय सुरेन्द्र शेरचन छन् । नेपाली कम्युनिस्ट पार्टीले ङुटुक गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनले यम बहादुर गुरुङलाई उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण