बागलुङ –१ मा ११ जनाको उम्मेदवारी दर्ता
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर १ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म निर्धारित समयमा ११ राजनीतिक दलका प्रतिनिधिहरूले मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार क्षेत्र नम्बर १ मा ठुला दलसहित साना दलहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ ।
कुन पार्टीबाट को उम्मेदवार ?
बागलुङ १ मा नेपाली कांग्रेसबाट भीमबहादुर श्रीस राना र नेकपा एमालेबाट हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुशील खड्का र नेकपा माओवादीबाट टेकबहादुर केसी चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी, राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कल्याण आचार्य, मंगोल नेशनल अर्गनाइजेशनबाट गुमाकुमारी बुढा राना मगर, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालबाट सहवीर थापा र श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्तीले मनोनयन दर्ता गराएका छन् ।
भिडभाड व्यवस्थापन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार नै सर्वदलीय बैठक राखी दलहरूलाई मनोनयन दर्ताका लागि छुट्टाछुट्टै समय निर्धारण गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण