कालिकोटमा प्रकाण्डले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १९ : ४२
सुर्खेत । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उम्मेदवारी दर्ता गराएका छन् ।
उनी स्वयं कालिकोट पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रकाण्ड १८ वर्षपछि चुनावी मैदानमा होमिएका छन् । २०६४ सालमा माओवादीबाट चुनाव लडेका उनले २७ हजार बढी मत ल्याएर जितेका थिए । तर प्रचण्डसँग असन्तुष्टि जनाउँदै उनी नेत्रविक्रम चन्द्र विप्लवतिर लागेका थिए, उनी कालिकोटमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।
यहाँ नेकपाबाट महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही, रास्वपाबाट प्रकाश न्यौपाने, स्वतन्त्रबाट जीवन बुढा र भूपेन्द्रजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण