सरिना घले युकेमा सम्मानित
सारांश
- अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ।
- सरिनाले युकेमा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन्।
- उनलाई यसअघि विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन्।
काठमाडौं, माघ ६ गते । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिएका छन्।
बेलायतमा आयोजित ल्होछार कार्यक्रमका अवसरमा गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई नगद ४ सय पाउण्ड र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्।
सरिनाले युकेमा सम्पन्न दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू ‘डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप’ र ‘डब्लुएमएसी इङलिस च्याम्पियनसिप’ मा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। उनको यस ऐतिहासिक सफलताको कदर गर्दै यसअघि तमु धि समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको अध्यक्ष राईले बताए।
नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएकी सरिना उमा कुङफुकी तेश्रो डान खेलाडी हुन्। उनी हाल उच्च शिक्षाका लागि युकेमा मास्टर्स अध्ययन गरिरहेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण