पर्वतमा १७ जनाको उम्मेदवारी, पूर्वमन्त्रीदेखि स्वतन्त्रसम्म
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वत जिल्लामा उत्साहजनक उम्मेदवारी दर्ता भएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्याम नारायण लामिछानेका अनुसार १३ वटा राजनीतिक दलबाट १३ जना र ४ जना स्वतन्त्र उम्मेदवार गरी १७ जना चुनावी मैदानमा उत्रिएका हुन् ।
पर्वतमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच हुने देखिएको छ। अघिल्लो निर्वाचनमा यहाँबाट नेकपा एमाले विजयी भएको थियो ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीलाई अघि सारेको छ भने नेकपा एमालेबाट पूर्व मन्त्री तथा केन्द्रीय सदस्य पदम गिरी मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका मनहरी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कृष्ण बहादुर विक पनि उम्मेदवार छन् । यस्तै राप्रपाका दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भिमलाल न्यौपानेले मनोनयन दर्ता गराए ।
राष्ट्रिय जनमुक्ति पार्टीकी माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीका यम बहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाइजेसनकी लालकुमारी थापा राना र नेसनल रिपब्लिक नेपालका बीर बहादुर गुरुङ चुनावी मैदानमा छन् । सिता देवी शर्मा, सावित्री शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमाल स्वतन्त्र उम्मेदवार छन् ।
_7TsQb1hver.jpg)
_1e00WhPtwb.jpg)
_9jIzMXP5YM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण