चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण : ६जी प्रविधिको आधार तयार पारिँदै
सारांश
- चीनले हैनानबाट लङ मार्च-१२ रकेटमार्फत इन्टरनेट उपग्रहहरूको १९औँ समूह सफलतापूर्वक प्रक्षेपण गर्यो।
- यो प्रक्षेपण चीनको इन्टरनेट उपग्रह सञ्जाल निर्माणको हिस्सा हो, जुन २०२६ सम्ममा सम्पन्न हुनेछ।
- नयाँ उपग्रहहरूले स्मार्टफोन र उपग्रहबीच सिधा जडान र ६जी सञ्जाल निर्माणमा सहयोग गर्नेछन्।
बेइजिङ । चीनले सोमबार आफ्नो दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेटमार्फत 'इन्टरनेट उपग्रहहरूको १९औँ समूह' सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३:४८ बजे गरिएको यो प्रक्षेपणले निर्धारित उपग्रहहरूलाई सफलतापूर्वक कक्षमा स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले पुष्टि गरेको छ।
सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन (उपग्रह सञ्जाल) अन्तर्गत भएको यो दोस्रो प्रक्षेपण हो। यसअघि छ दिनअघि मात्रै सोही स्थानबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो।
चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) ले अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको मेरुदण्डका रूपमा स्विकारेको छ। उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको यो लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्।
सोमबार प्रक्षेपित उपग्रहहरू बेइजिङस्थित व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो। यो कम्पनीले विश्वचर्चित स्टारलिङ्क जस्तै आफ्नै उपग्रह सञ्जाल निर्माणमा नेतृत्वदायी भूमिका खेलिरहेको छ।
ग्यालेक्सीस्पेसका प्रमुख मोडेल डिजाइनर हु झाओका अनुसार यी नयाँ उपग्रहहरूमा कम्पनीले विकास गरेका अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ, जसले उत्पादनको दक्षतालाई उल्लेख्य रूपमा वृद्धि गरेको छ।
विशेषज्ञहरूका अनुसार यी उपग्रह सञ्जालहरूले भविष्यमा स्मार्टफोन र उपग्रहबीच सिधा जडान सम्भव तुल्याउनेछन्। यसका साथै भविष्यको ६जी अन्तरिक्ष–भू सूचना सञ्जाल निर्माणका लागि यस प्रक्षेपणले महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण