निर्वाचन
पूर्व एआईजी पोखरेल ओखलढुंगाबाट चुनावी मोर्चामा
मङ्गलबार, ०६ माघ २०८२, २३ : ४७
सारांश
- पूर्व एआईजी विश्वराज पोखरेलले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
- आईजीपीको प्रतिस्पर्धामा पछि परेका पोखरेलले राजीनामा दिएर रास्वपाबाट टिकट लिएका हुन्।
- फागुन २१ मा हुने निर्वाचनमा पोखरेलले कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेलले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गरेका छन् । उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
आईजीपी हुने प्रतिस्पर्धामा धिरज प्रताप सिंहसँग पछि परेका पोखरेलले राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत नहुँदै अवकाश पाएका पोखरेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका थिए । रास्वपाबाट टिकट लिएर उनी आफ्नो गृह जिल्ला ओलखढुंगाको चुनावी मोर्चामा गएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पोखरेलले कांग्रेसका कुमार लुइँटेल, नेकपा (एमाले)की अस्मिता थापा र नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबावु गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण