दाङमा ६२ उम्मेदवारद्वारा मनोनयन दर्ता
सारांश
- दाङमा प्रतिनिधिसभा निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दिएका छन्।
- क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ जनाले मनोनयन दर्ता गरे।
- विभिन्न पार्टीका नेताहरूले पनि उम्मेदवारी दिए।
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीन निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा उत्रेका छन् ।
दाङका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १४ जना, क्षेत्र नं २ मा आठ स्वतन्त्रसहित २३ जना र क्षेत्र नं ३ मा नौ स्वतन्त्रसहित २५ जनाको मनोनयन दर्ता भएको छ । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका योगेन्द्र चौधरी, नेकपा (एमाले) का रेवतीरमण शर्मा, नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रासद केसीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यको उम्मेदवारी परेको छ ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट दीपक गिरी, नेकपा (एमाले) का घनश्याम पाण्डे, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीलगायतको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण