युवा सङ्घका दमक अध्यक्ष खतिवडाले छाडे एमाले, बालेनको पक्षमा खुले
सारांश
- नेकपा एमालेनिकट युवा सङ्घ दमकका अध्यक्ष छवि खतिवडाले पार्टी छाडेको घोषणा गरे।
- उनले रास्वपाका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका छन्।
- खतिवडाले स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको र परिवर्तनलाई आत्मसाथ गर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा एमालेलाई राजनीतिक धक्का लागेको छ । एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन् । एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका हुन् ।
आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन् । उनले भनेका छन्, ‘परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण