भोजपुरमा १२ दलका १२ जना उम्मेदवार
सारांश
- भोजपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचनमा १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराए पनि महिलाको संख्या शून्य छ।
- मुख्य दलहरूले महिला उम्मेदवारलाई उपेक्षा गरेको देखिएको छ, जसले गर्दा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था पालना भएको छैन।
भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ ।
यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीयसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् ।
आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा राजाराम बासीको नेपाल मजदुर किसान पार्टीबाट, ध्रुव राईको श्रम संस्कृति पार्टीबाट, शेरधन राईको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट, जितेन्द्र राईको राष्ट्रिय परिवर्तन पार्टीबाट, जनक नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, रमेशप्रसाद ओझाको राष्ट्रिय स्वतन्त्र पार्टीबाट र चन्द्रप्रसाद राईको मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दर्ता भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका अजम्वर राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई र आमजनता पार्टीका तर्फबाट युवराज थापाले मनोनयन दर्ता गराएका छन् ।
भोजपुरमा कूल एक लाख २५ हजार ७६६ मतदाता कायम भएका छन् भने ८७ वटा मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण