विराटनगरमा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जना समातिए
सारांश
- विराटनगरमा प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
- प्रहरीले माघ ६ गते मोटरसाइकलमा सवार एक जनालाई १४० ग्राम ब्राउन सुगरसहित पक्राउ गर्यो।
- अनुसन्धानपछि अर्का व्यक्तिलाई पनि पक्राउ गरी उनको कोठाबाट ब्राउन सुगर, नाइट्राजाम, कोरेक्स र स्पास्मोप्रोक्सिवन बरामद गर्यो।
विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विराटनगर-४ स्थित नहर सडक छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले माघ ६ गते को. ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भोक्राहानरसिंह-५ का ३५ वर्षीय सुदिन मन्सुरीलाई शंका लागेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा मन्सुरीको ज्याकेटभित्र लुकाई छिपाई राखिएको अवस्थामा १४० ग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लियो।
मन्सुरीको बयान र प्रारम्भिक अनुसन्धानपछि प्रहरीले यो कारोबारमा संलग्न अर्का व्यक्ति रोहित कार्कीलाई पनि पक्राउ गरेको छ। ५० वर्षीय कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको सहयोगमा उनकै कोठाबाट नियन्त्रणमा लिइएको हो। कार्कीको कोठा खानतलासी गर्दा १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, ४६० ट्याब्लेट प्रतिबन्धित औषधी नाइट्राजाम, १८ बोतल कोरेक्स र ३३६ क्याप्सुल स्पास्मोप्रोक्सिवन बरामद भएको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण