ट्रम्पको ‘बोर्ड अफ पिस’ मा सहभागी भए इजरायली प्रधानमन्त्री नेतन्याहु
सारांश
- इजरायलका प्रधानमन्त्री नेतन्याहु अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा 'बोर्ड अफ पिस' मा सहभागी हुने भएका छन्।
- यो बोर्ड गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणसँग सम्बन्धित छ, जसले शासन संरचना सुदृढीकरण र लगानीको निगरानी गर्नेछ।
- नेतन्याहुको सहभागिताले बोर्डको निष्पक्षतामा प्रश्न उठाउने र गाजा सङ्कट समाधान थप जटिल बनाउने सम्भावना छ।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ‘बोर्ड अफ पिस’मा सहभागी हुन सहमति जनाएका छन् । नेतन्याहुको कार्यालयले बुधबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
यो बोर्ड गाजामा जारी युद्ध अन्त्यका लागि हमाससँग भएको युद्धविराम सम्झौताको दोस्रो चरणसँग जोडेर सार्वजनिक गरिएको मञ्च हो । ट्रम्पले प्रस्ताव गरेको यस संयन्त्रले गाजामा शासन संरचना सुदृढीकरण, क्षेत्रीय सम्बन्ध विस्तार, पुनर्निर्माण, लगानी आकर्षण, ठुलो मात्रामा वित्तीय सहयोग र पुँजी परिचालन जस्ता विषयको निगरानी गर्ने परिकल्पना गरिएको छ ।
ट्रम्पको योजनाअनुसार उक्त बोर्डमा विभिन्न देशका नेताहरूलाई समावेश गरिने छ । इजरायलद्वारा गाजामा गरिएको सैन्य कारबाहीका कारण व्यापक अन्तर्राष्ट्रिय आलोचना भइरहेका बेला नेतन्याहुको सहभागिताले बोर्डको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्ने देखिएको छ ।
यो बोर्ड ट्रम्पकै नेतृत्वमा रहने र सदस्य चयन पनि उनको नियन्त्रणमा रहने बताइएकाले यसको स्वतन्त्रता र विश्वसनीयताबारे चिन्ता देखिएको हो । गाजामा भएको व्यापक मानवीय क्षति र विनाशको पृष्ठभूमिमा इजरायली प्रधानमन्त्रीलाई शान्ति प्रक्रियासँग जोडिएको निकायमा समावेश गर्नु विवादास्पद हुने विश्लेषकहरूको भनाइ छ ।
नेतन्याहुको सहभागिताबारे हालसम्म हमास वा प्यालेस्टिनी पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन । तर यस कदमले गाजा सङ्कट समाधानका प्रयासहरू थप जटिल बन्न सक्ने सङ्केत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण