एक सय २१ किलो चरेससहित २ जना पक्राउ
बुधबार, ०७ माघ २०८२, २१ : ५२
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
प्रहरी प्रवक्ता बोगटीका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त टोलीले अटोभित्र रहेको १२ वटा रबरको डिब्बाभित्र लुकाई ल्याएको चरेस फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण