हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
सारांश
- ‘भूठान’ ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक भयो, निर्माताका अनुसार जनवरी ९ देखि रिलिज गरिएको हो।
- यो फिल्म भुटानी शरणार्थीको कथामा आधारित छ, जसले अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास देखाउँछ।
- हरिवंश आचार्य मुख्य भूमिकामा छन् भने दयाहाङ राई, अनुराधा मजुमदार लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिक रूपमा भूठानको अङ्ग्रेजी नाम ‘द वल्र्डस् ह्यापियष्ट म्यान’ नामबाट हालका लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको छ ।
चलचित्र बिस्तारै संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिए ।
गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्ममा भुटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको कथा समेटिएको छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भूटान फर्किन गरेको प्रयास र पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ ।
चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीले पनि अभिनय गरेका छन् । विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’ का निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण