काठमाडौं-७ : कांग्रेसले नयाँ उम्मेदवार उठाउँदा रास्वपालाई कति चुनौती ?
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा २८ जना उम्मेदवार बनेका छन् । जसमध्ये मुख्य प्रतिस्पर्धा रास्वपा, कांग्रेस, एमाले र नेकपाबिच हुने देखिएको छ । काठमाडौं–७ मा काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा, नागार्जुन नगरपालिकाका १, २ र ३ नम्बर वडा तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पर्छन् ।
यो क्षेत्रमा १७ जना दलबाट र ११ जना स्वतन्त्र उम्मेदवार छन् । काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली, नेकपा एमालेका प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, राप्रपाका लालकुमार लामा र राष्ट्रिय जनमोर्चाका दिल्लाकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा संयुक्तका गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाकी गणेशमाया डंगोल, जसपाका बाबुराम लामा, आम जनता पार्टीका प्रदीप भट्टराई, नेकपाका वसन्तप्रसाद मानन्धर, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका बैकुण्ठ फुयाल उम्मेदवार छन् । श्रम संस्कृति पार्टीका मणिराम बहादुर प्रधान, नेकपा माओवादीका दीपक मानन्धर, उज्यालो नेपाल पार्टीका विमला लामा, राष्ट्रिय मुक्ति पार्टीका दिपिन पन्त उम्मेदवार बनेका छन् ।
यसैगरी स्वतन्त्रतर्फबाट रामशरण थपलिया, सविता गमाल, सुजिता श्रेष्ठ, अन्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाल, सुमन महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल, प्रकाश कुँवर उम्मेदवार छन् ।
विगतका ‘सारथी’, वर्तमानका प्रतिस्पर्धी
काठमाडौं-७ को निर्वाचनमा सबैभन्दा रोचक पक्ष भनेको निवर्तमान सांसद रास्वपाका गणेश पराजुलीविरुद्ध कांग्रेसका गुरागाईंसँगै एमालेका प्रकाश श्रेष्ठ र नेकपाका वसन्तप्रसाद मानन्धरबिचको प्रतिस्पर्धा हो ।
२०७४ र २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका प्रकाश र वसन्त दुवै नेता विगतमा एमालेका सहयात्री थिए । २०७८ सालमा एमाले विभाजनका क्रममा मानन्धर एकीकृत समाजवादीमा लागेका थिए भने श्रेष्ठ एमालेमै रहे ।
बागमती प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उत्रेका प्रकाश र बसन्त दुवै बागमती प्रदेशका पूर्वमन्त्री हुन् । मानन्धरले २०७८ मा खानेपानी र ऊर्जामन्त्रीको रुपमा १४ महिना काम गरे भने श्रेष्ठले २०८१ मा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा एक वर्ष काम गरेका छन् । बसन्त र प्रकाश दुई पुराना ‘सारथी’को प्रतिस्पर्धाले यस क्षेत्रको नतिजा निकै निकट हुने निश्चित छ ।
एमाले उम्मेदवार प्रकाशका लागि टिकट पाउन सहज थिएन । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका उनले माघ ४ गतेदेखि गुण्डुमा ‘अड्डा कसेर’ अन्तिम समयमा टिकट फुत्काउन सफल भएका थिए ।
२०७९ को निर्वाचनमा काठमाडौं–७ बाटै ८ हजार ७४३ मत ल्याएर विजयी भएका रास्वपाका पराजुली यसपटक पनि चुनावी मैदानमा छन् । गत चुनावमा संगठन बिना नै जित हासिल गरेको रास्वपाका लागि यसपटक आफ्नो क्रेज कायम राख्दै मत सुरक्षित गर्नु उनलाई प्रमुख चुनौती छ ।
यता कांग्रेसले यस क्षेत्रमा प्रमोदहरि गुरागाईँलाई नयाँ उम्मेदवारको रुपमा उभ्याएको छ । पहिलो पटक चुनाव लड्दै गरेका गुरागाईँ कांग्रेस सभापति गगन थापा निकट मानिन्छन् । काठमाडौंमा सभापति थापाको क्रेज र सांगठनिक मतका कारण गुरागाईँ यस क्षेत्रमा बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
यसअघि २०७९ मा एमालेबाट श्यामकुमार घिमिरेले प्रतिस्पर्धा गरेका थिए भने २०७४ मा रामवीर मानन्धरले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण