नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन् : डेनमार्क सरकार
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ ।
बुधबार रुटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको ‘फ्रेमवर्क’ मा पुगेको बताएका थिए । डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मञ्चमा भएको सम्झौताको सबै विवरण अझै सार्वजसिनक भइसकेको छैन ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्कको एक टेलिभिजनसँग भने, “डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान छ, र हाम्रो सार्वभौमिकताका बारेमा हिजो नेटोसँग कुनै वार्ता भएको थिएन।”
“डेनमार्क र ग्रिनल्याण्डको विषयमा निर्णय उनीहरूले नै गर्न सक्छन्,” उनले भने । अमेरिका र डेनमार्कले सन् १९५१ मा ग्रिनल्याण्डसम्बन्धी सन्धिमा पुनः वार्ता गर्ने सहमति भएको ट्रम्प र रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।
ग्रिनल्याण्डमा अमेरिकी सैन्य अखडालाई अमेरिकी सार्वभौमिकताअन्तर्गत राख्ने विषयमा वार्ताका क्रममा छलफल नभएको स्रोतले जनाएको छ ।
डेनमार्कका रक्षामन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले बिहीबार सामाजिक सञ्जालमा रुटले डेनमार्क वा ग्रिनल्याण्डका तर्फबाट सम्झौता गर्न नसक्ने बताएका छन् ।
उहाँले भन्नुभयो, “रुटले नेटोभित्र एकता कायम गर्न वफादारीका साथ काम गर्नुभएको थियो । यो ‘धेरै सकारात्मक’ कुरा थियो तर गठबन्धनले आर्कटिक सुरक्षालाई बलियो बनाउन अझ बढी गर्न चाहेको थियो।
उनले थपे, “हामी राज्यका केही भागहरूमाथि सार्वभौमिकता छोड्ने छैनौँ । यसबारे हामी स्पष्ट छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण